२०८१ पुष ८

संसय र भ्रम चिर्दै निर्वाचन गराउन सरकार सफल भयो, सरकार सन्तुष्ट छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तह निर्वाचन निष्पक्ष, स्वतन्त्र शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताएकी छन् । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले आवधिक निर्वाचनले लोकतन्त्रलाई जगैबाट बलियो बनाएको बताइन् । 


Advertisement


उनले आवधिक रूपमा लोकतान्त्रिक संस्थाहरूको निर्वाचन गर्ने कार्य चुनौतीपूर्ण हुने गरेको भन्दै सबै खाले संशय र भ्रमका बाबजुद निर्वाचन सम्पन गराउन सकेकोमा सरकारले सन्तुष्टि महसुस गरेको बताइन् । 

“स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सफल भएकोमा निर्वाचन आयोग, सहयोग पुर्‍याउने सुरक्षा निकाय तथा यसमा संलग्न राजनीतिक दल संघ संस्था तथा आम नागरिक सबैप्रति सरकार आभार व्यक्त गर्दछ,” उनले भनिन् ।

Copy link
Powered by Social Snap