२०८१ पुष ७

पोखरामा नाराबाजी : मतगणना अझै सुरु भएन

पोखरा । पोखरा महानगरपालिकाको ९ मत हराएको भन्दै पुनः मतगणना गर्न माग गर्दै नेकपा (एमाले)ले मतगणना परिसर बाहिर नाराबाजी गरेको छ । गठबन्धनले पनि सोही स्थानमा नाराबाजी गर्दै रोकिएको मतगणना सुरु गर्न माग गरेको छ ।


Advertisement


सुरक्षाकर्मी थपिएको छ भने सवारीसाधन डाइभर्ट गरिएको छ ।

यी सबको कारण पोखरा १८ हो । यो वडामा एमाले उमेदवार ३ मतले काङ्ग्रेस उमेदवारसँग पराजित हुन पुगे । एमालेका पुष्कल थापा काङ्ग्रेसका शिव तिमिल्सिनासँग पराजित भएका थिए । थापाले एक हजार ६४० मत ल्याउँदा तिमिल्सिनाले एक हजार ६४३ मत ल्याएका थिए ।

चार हजार ३४८ मत खसेकाे मतपेटिकामा चार हजार ३३९ मतमात्र भेटियो । यही ९ मत हराएको भन्दै एमालेले नाराबाजी गरेको हो ।

Copy link