२०८१ पुष ९

मुख्यमन्त्री राई र एमाले संसदीय दलका नेता आचार्यबीच सदनमा चर्काचर्की

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सदनमा शुभकामना दिने बेलामै आलोचना गर्नुभन्दा यसलाई सच्याउन पर्ने बताएका छन् । एमालेका संसदीय दलका नेता भीम आचार्यले सरकारले कामै गर्न नसकेको भन्दै निकै आलोचना र टिकाटिप्पणी गरेपछि जवाफमा मुख्यमन्त्री पनि खरो ढंगमा सदनमा प्रस्तुत भए । एक समय नेकपा एमालेमा छँदा दुवै नेता एउटै समूहमा थिए । अहिले राई नेकपा एसतिर लागेर कांग्रेससँग गठबन्धन गरी मुख्यमन्त्री बनेका छन् । 


Advertisement


प्रदेश नं एकको दशौँ तथा बजेट अधिवेशन सोमबार शुरु भएको छ । राईले हिजो एमाले नेतृत्वको सरकारले गरेका गलत कामको कारण आर्थिक समस्या निम्तिएको सुनाए । भने, पहिले शुरु भएका बहुवर्षीय आयोजनामा बजेट सुनिश्चित गरिदिएका छौँ । सदनमा आलोचना गर्नै परे बरु कार्यविधि नै बनाउनुपर्ने भन्दै राईले राजनीतिक दलकै कमजोरीका कारण बालेनहरू उदाएको बताए । 

राईले भने, “स्थानीय तहमा मूल ठाउँमै राजनीतिक दलहरूले हारेका छन्  यातायात कार्यालयमा लाइन लाग्ने झन्झट निवारण गरेको तर आचार्यले सूचनाभन्दा बाहिर गएर गलत टिप्पणी गरे ।” प्रमुख विपक्षीले सदनमा विपक्षीले रचनात्मक ढंगले प्रस्तुत हुनुपर्ने भन्दै त्यसको शुरुवात मदन भण्डारीले गरेको स्मरण गरे उनले भने, “हामी ९० प्रतिशत बजेट खर्च गर्ने तयारीमा छौं । के यो झुट हो र ?”

बहुवर्षीय कामलाई अझ सुव्यवस्थित गर्ने योजना रहेको बताउँदै बाहिरको कार्यक्रम गर्दा आर्थिक संकट आएको दाबी गर्दै उनले भने, “प्रदेशमा गठबन्धन सरकार आएको सात महिना बितिसक्दा पनि सरकार छ भन्ने कसैलाई आभाष छैन । जनताको सोचमा अब प्रदेश सरकारको विषयमा घडी उल्टो घुम्न बेर छैन ।” 

Copy link
Powered by Social Snap