२०८१ पुष १२

संघीयता कमजोर बनाउने गरी बजेट ल्याइयो : सांसद भट्टराई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो साइजको बजेटले जनतालाई सपना मात्र देखाइएको टिप्पणी गरेका छन् । 


Advertisement


राष्ट्रिय सभाको आजको बैठकमा  आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सुरु भएको सैद्धान्तिक छलफलमा सांसद भट्टराईले सरकारले ल्याएको ठूलो साइजको बजेटले जनतालाई सपना मात्र देखाइएको टिप्पणी गरेका छन् । 

उनले लक्ष्य र आधारबिना बजेट विनियोजन गरेर कसरी कार्यान्वयन हुन्छ ? भन्दै प्रश्न गरे । सङ्घीयतालाई बलियो बनाउने गरी ठोसरूपमा बजेट नआएको र प्रदेश सरकारलाई प्राथमिकता नदिएको भट्टराईको भनाइ थियो । बजेटमा वित्तीय मितव्ययिता नदेखिएको तथा बजेटको साइज बढाइए पनि पूँजीगत खर्च घटेको बताए । 

Copy link
Powered by Social Snap