२०८१ पुष ११

बजेटप्रति एमाले सांसद ढकालको टिप्पणी– चन्द्रलोक जाने बाटो बनाउनोस् !

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद भानुभक्त ढकालले वर्तमान सरकारले ल्याएको बजेटमा असम्भव कार्यक्रम राखिएको टिप्पणी गरेका छन् ।


Advertisement


बुधबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलका क्रममा ढकालले ‘एक घण्टामा चितवन पुग्ने फास्ट ट्रयाक बनाउने गफ बजेटमामार्फत सरकारले दिएको’ बताए ।

“काठमाडौंबाट चितवन एक घण्टामा, चताराबाट सगरमाथा दुई घण्टामा पुग्ने बाटो बनाउने ?,” ढकालले भने, “लोकतन्त्रमा व्यक्तिगत स्वतन्त्रता छ महोदय, व्यक्तिगत रूपमा चन्द्रलोक जाने बाटो बनाउनोस् !”

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका ढकालले स्वास्थ्य क्षेत्रको बजेटका विषयमा भने कुनै टिप्पणी गरेनन् । एमालेका सांसदहरू सुरेन्द्र पाण्डे र योगेश भट्टराईले ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा कमिसन नआउने भएर बजेट नबढाइएको हो ?’ भन्दै प्रश्न गरेका थिए ।

स्वास्थ्यमन्त्री हुँदा कमिसनको खेल भएको भन्दै प्रश्न उठेका ढकालले उक्त विषयमा प्रवेश नै नगरी आफ्नो भनाइ टुंग्याए ।

Copy link
Powered by Social Snap