काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्र असहिष्णु बन्दै गएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा उनले नेपालगन्जमा तत्कालीन राजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु बेठिक भएको उल्लेख गरेका छन् ।
Advertisement
अध्यक्ष थापाले लोकतन्त्र असहिष्णु बन्दै गएको भन्दै सालिक राखेर राजा नफर्कने तर इतिहास सम्झनलाई आवश्यक पर्ने बताएका छन् । “आन्दोलनको रापतापमा राजालगायत बीपी, भानुभक्त समेतको सालिक तोडफोड गरियो । त्यो गलत थियो ।
नेपालगन्जमा जहाँ पहिले राजा वीरेन्द्रको सालिक थियो, त्यहाँ अहिले सालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठिक भएन । सालिक राखेर राजा फर्कने होइन । इतिहासको सम्झना हो । लोकतन्त्र यति असहिष्णु हुनु हुन्न,” उनले लेखेका छन् ।