२०८१ कार्तिक ३०

देउवा, प्रचण्ड, नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति




काठमाडौं । नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीको नियुक्ति र सपथ रोकिएको छ । आइतबार नै नेकपा एसले सचिवालय बैठकबाट पाँच मन्त्रीको नाम सिफारिस गरिएको थियो । आज सपथ ग्रहणको कार्यक्रम रहेको थियो । 


Advertisement


स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच बजेट पारित नहुँदासम्म मन्त्री नफेर्ने सहमति पछि अहिलेलाई नयाँ मन्त्रीको नियुक्ति प्रक्रिया रोकिएको हो । 

स्वास्थ्यमन्त्री विरोध खतिवडाले विश्वव्यापी अभ्यास नेपालमा पनि लागु हुने बताए । 

“बजेट पारित नहुँदासम्म मन्त्रीहरुको हेरफेर विश्वका कुनै पनि मुलुकमा हुँदैन र हाम्रोमा पनि हुँदैन,” खतिवडाले भने, “त्यसैले बजेट पारित नहुँदासम्म केही पनि हुँदैन भनेर बुझ्दा हुन्छ ।”

Copy link
Powered by Social Snap