जनकपुरधाम । मधेस प्रदेश सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रदेशसभामा छलफल जारी छ । आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल भइरहेको हो ।
Advertisement
बुधबार सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले सरकारसँग जवाफ माग्दै संशोधन प्रस्ताव दर्ता गराएका छन् । विगतको नीति तथा कार्यक्रममा राखिएको निर्वाचन क्षेत्र कार्यक्रम हटाइएको विषयमा उनले जवाफ मागेका हुन् ।
“चालु आर्थिक वर्षमा राखिएको निर्वाचन क्षेत्र कार्यक्रम यस वर्ष राखिएको छैन । कुन कारणले राखिएको छैन ?,” उनले भने, “हामी नीति तथा कार्यक्रममा राख्ने गर्छौँ र पूरा नहुँदै बिर्सिँदै जान्छौँ । प्रदेश प्रवेशद्वारको योजना सुरुको वर्षदेखि राख्दै आएका छौँ । तर, अहिलेसम्म हामीले बनाउन सकेनौँ । किन अलपत्र छ ?”