२०८१ मंसिर २

भोलिसम्म हाम्रो सपथ हुन्छ : मेटमणि चौधरी 




काठमाडौं । नेकपा(एकीकृत समाजवादी)को तर्फबाट सहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताएका छन् ।



Advertisement



बुधबार प्रतिनिधि सभाको बैठकका लागि नयाँबानेश्वरस्थित संसद भवनमा पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री पदको सपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताएका हुन् ।

उनले जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको सपथग्रहण रोकिएको बताए ।

सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने बताए । उनले भने, “पार्टीले निर्णय गर्‍यो । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर आज हामी पाँच दलीय गठबन्धनभित्रकै एउटा दल हो । एउटा पार्टी हो । हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरि जसपाका साथीहरुले केही दिन हामीलाई पनि पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि केही समय केहीदिन ढिलामात्रै भएको हो । मन्त्री त सम्भवतः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने सपथग्रहण भोली पक्कै हुन्छ ।”

उनले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक सपथ गराउनका लागि सपथ ग्रहणपछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत भएको बताए ।

उनले भने, “एकदमै पाको काम हो । पार्टीले गर्ने भनेको यही हो । संस्थागत गर्ने निर्णय नै हो । अब त्यसपछि अरु पार्टी माओवादीभित्र पनि प्रेसर छ । कांग्रेसभित्र पनि प्रेसर छ । सबैले एकैपटक गरौँ भनेपछि ल दुई दिनभित्र टुंगिन्छ भनेपछि ठिकै छ नि त भनेर हाम्रो अध्यक्षले गर्नुभयो । यसलाई अपरिपक्व निर्णय भन्न मिल्दैन । सकभर आज नभए भोलि ग्यारेन्टी हुन्छ ।”
 

Copy link
Powered by Social Snap