काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले अमेरिकी सैनिक अधिकारीहरूको नेपाल भ्रमण र नेपालका प्रधानसेनापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा सदनलाई जानकारी गराउन माग गरेका छन् ।
Advertisement
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको छलफलका क्रममा उनले अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमान्डका जनरलका साथै अन्य सैनिक अधिकारीहरूको नेपाल भ्रमण र नेपालबाट हुने लागेको अमेरिका भ्रमणले आशंका पैदा भएको बताए । यसबारले सरकारले सदनमा जानकारी गराउनुपर्ने उनको माग छ ।
अमेरिकी र नेपाली सेनाबीच स्टेट पार्टनरसिप सम्झौताका लागि दबाब दिन खोजिएको भन्ने चर्चाका विषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै छलफलमा भाग लिँदै उनले सरकारले भनेको निजी लगानी भित्र्याउने कुरामा धेरै क्षेत्र पर्ने भएकाले सबै क्षेत्र समेट्नुपर्ने बताए । नेता पोखरेलले सार्वजनिक शिक्षाको सवलीकरण दशकीय कार्यक्रम आफ्नो पालामा ल्याइएकामा अहिले शिक्षा मन्त्रालयले त्यसलाई चासो नदेखाएको बताए ।