काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई बोलाएर जानकारी लिएका छन् ।
Advertisement
बिहीबार साँझ बालेनलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताए ।
साथै उनले बन्चरेडाँडाका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दिर्घकालीन समाधान खोज्न आग्रह गरे ।
गत मंगलबारदेखि काठमाडौं उपत्यकाको फोहोर उठाउने भनिएपनि सिसडोल र बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् । फोहोर नउठेपछि सरकारको आलोचना हुन थालेको छ ।
बिहीबारमात्र संसद्मा सांसहरूले फोहोर व्यवस्थापनका लागि सरकारको ध्यानार्षण गराएका थिए ।
शुक्रबार सहरी विकास मन्त्रालयमा स्थानीयसँग छलफल गर्ने तय भएको छ ।