२०८१ कार्तिक ३०

कांग्रेस र कम्युनिस्टको विकल्प हो राप्रपा नेपाल, राजतन्त्र अब फर्कंदैन : कमल थापा




काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल मूलधारका राजनीतिक दल कांग्रेस एमाले र माओवादीको विकल्प भएको बताएका छन् । उनले आफ्नो पार्टी संस्थागत हुन राजा र राजतन्त्रलाई पनि गाली गर्न आवश्यक नभएको बताए । 



Advertisement



शुक्रबार पार्टीको झण्डा सगरमाथामा फहराउने पर्वतारोही पासाङ शेर्पालाई ‘चन्द्र स्मृति विशिष्ट सम्मान पुरस्कार’ प्रदान कार्यक्रममा बोल्दै उनले राप्रपा नेपालले राजालाई गाली गर्न आवश्यक नभएको पनि जिकिर गरे । “कसैलाई गाली गर्न आवश्यक छैन, हामीले कसैको विरुद्धमा बोल्नुपरेको छैन,” उनले भने ,“राजालाई गाली गर्नु जरुरी छैन, उनी स्वयं विस्थापित अवस्थामा छन् । राजालाई गाली गरेर अब केही हुँदैन किनभने उनको औचित्य सकियो पुनस्र्थापनाको सम्भावना अब सकियो”

अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा सीमित राजनीतिक दलका सीमित नेताहरूले राज्यसत्ता कब्जा गरेर सर्वसत्तावाद लाद्ने काम गरिरहेका आरोप लगाए । “कांग्रेस र कम्युनिस्ट असफल भएका छन् । नीति असफल भएको छ, नेताहरू भ्रष्ट भएका छन् । यसको विकल्पमा हामीले जनतासमक्ष राप्रपा नेपाललाई प्रस्तुत गरेकौ छौँ,” उनले भने, “यो १५–१६ वर्षमा जनता निराश हुन पुगेका छन् । त्यसको स्वतन्त्र उमेदवारको विजयीले स्पष्टरूपमा बुझ्न सक्दछौँ ।” 

उनले प्रजातान्त्रिक व्यवस्थामा एउटा पार्टी असफल हुँदा त्यसको विकल्पमा कुनै एउटा व्यक्ति आएर व्यवस्थामा सुधार गर्न नसक्ने पनि धारणा राखे ।

Copy link
Powered by Social Snap