काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले विदेश नीतिलाई बलियो बनाउन साझा विदेश नीति निर्माण गर्न आवश्यक रहेको बताएकी छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै सचेतक भुसालले विदेश नीतिमा साझा आवश्यक रहेको बताएकी हुन् ।
Advertisement
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकाको उच्चस्तरीय भ्रमण अत्यन्त सकारात्मक रहेको पनि बताइन् । सचेतक भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालको विदेश नीतिलाई बलियो बनाउनका लागि सकारात्मक भ्रमण हुने बताइन् ।
उनले भ्रमणमा जानुअघि नेपालको विदेश नीतिमाथि टेकेर, संविधानमाथि टेकेर सकारात्मक ढंगबाट अघि बढ्नुपर्ने बताएन् । उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण कुनै सम्झौतासँग सम्बन्धित नरहेको कुरा सदनमा स्पष्ट भइसकेको भन्दै भ्रमणबारे भ्रम फैलाउनु भनेको नेपालको विदेश नीतिलाई कमजोर गराउनु भएको बताइन् ।