काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवं पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सधैँ राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको बताएकी छन् । शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेतृ कोइरालाले अरूलाई गाली गरेर र जहिल्यै पनि राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन नसकेको बताइन् ।
Advertisement
नेपालमा भारत र अमेरिकाको कुरा आउन वित्तिकै विवाद सुरु गरिहाल्ने प्रवृत्ति राम्रो नभएको उनको भनाइ छ ।
उनले समितिमा लामो समयसम्म देशको प्रधानसेनापतिजस्तो व्यक्तिलाई राख्नु लज्जास्पद भएको पनि बताए ।
“यहाँ यत्रोबेर देशको सेनापतिलाई राख्नु भनेको लज्जास्पद कुरा हो । अन्तर्राष्ट्रिय जगतले पनि यसलाई राम्रो हेर्दैन । अरूलाई मात्र भनेर गाली गरेर, जहिल्यै पनि राष्ट्रवादी भएर नेपालमा कहिल्यै विकास हुन सकेन । चीनले विकास गरेमा एकथरिले मन नपराउने, भारतले गरेमा अर्कोथरिले । अमेरिकाले केही सहयोग गरेमा त्यो बिगार्न खोज्छन् । यसरी नेपाल कहिल्यै अघि बढ्दैन र नेपाल जहिल्यै साँघुरो भएर बस्छ,” उनले भनिन् ।