काठमाडौं । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च भएको छ । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको विवरणमा प्रतिमतदाता २८४ खर्च पर्न गएको उल्लेख छ ।
Advertisement
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचनमा पाँच अर्ब ४३ करोड ३९ लाख दुई हजार ७६ खर्च भएको छ । यस निर्वाचनमा प्रतिमतदानकेन्द्र दुई लाख २९ हजार ५७ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ । यो निर्वाचन मितव्ययी भएको आयोगको निष्कर्ष छ ।
आयोगकाअनुसार २०७४ को स्थानीय निर्वाचनमा प्रतिमतदाता ५०९ रुपैयाँ खर्च भएको थियो । अघिल्लो निर्वाचनको तुलनामा हालको निर्वाचनमा प्रतिमतदाता २२५ रुपैयाँ कम खर्च भएको छ ।