२०८१ पुष १०

लकडाउन र निषेधाज्ञा अवधिको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने व्यवसायीहरूको माग

Credit: CLICKMANDU

काठमाडौं । लकडाउन र निषेधाज्ञा अवधिभरको बैंक तथा सहकारी संस्था समेतको ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघले माग गरेको छ ।

महासंघले कोरोना भाइरस महामारी रोकथाम तथा निययन्त्रणको लागि लागू गरिएको लकडाउन र निषेधाज्ञाले व्यवसायी धारासायी बन्दै गएको अवस्थामा ब्याज पूर्णरुपमा मिनाहा गर्नुपर्ने माग गरेको हो ।

त्यस्तै, लकडाउन र निषेधाज्ञा अवधिभरको व्यवसायीक घरभाडा मिनाहा गर्नुपर्ने संघका अध्यक्ष नरेश कटुवालको भनाइ छ । यसका साथै, कोरोनाबाट प्रभावित उद्योगी–व्यापार बचाउनका लागि ५ प्रतिशत ब्याजदरमा बिना धितो ऋण उपलब्ध गराउनु पर्ने माग गरेको छ ।


Advertisement


साथै, एक वर्षदेखि केरुङ नाकामा रोकिएका कन्टेनरहरु तुरुन्तै ल्याउन पहल गर्नुपर्ने र निजी क्षेत्रमा रहेको सिण्डिकेटको अन्त्य गर्दै साना तथा मझौला उद्योगी व्यवसायीहरुको समेत सहभागिता सरकारले समन्वय समिति गठन गर्नुपर्ने माग राखेका छन् ।

Copy link
Powered by Social Snap