काठमाडौं । आशन्न निर्वाचनमा राष्ट्रबादी र आत्मसमर्पणबादीबीच प्रतिस्पर्धा हुने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् ।
Advertisement
हाल विकसित ध्रुविकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको उनको भनाइ छ ।
वाग्मती गाउँ पालिकाको फापरबारीमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्त पार्न चाहनेहरुजती आगामी चुनावमा एकजुट हुनुपर्नेमा जोड दिए ।
मुलुक कुशासनको दलदलमा भासिएको र भ्रष्टाचारको चक्रब्युहमा फसेको भन्दै थापाले राष्ट्रबादी भावना नभएकाहरुले देशको स्वाभिमान जोगाउन नसक्ने जिकिर गरे । पछिल्लो समय मुलुकलाई स्थिरता र समृद्धिको बाटोबाट लैजानेभन्दा अस्थिर बनाई विदेशी प्रभावलाई बढाउने खेल भैइरहेको भन्दै थापाले अब जनता सचेत र जागरुक हुनुपर्नेमा जोड दिएको राप्रपा नेपालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।