काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का पोलिट्ब्यूरो सदस्य एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले नयाँ संविधानमाथि तरबार झुण्डिएको बताएका छन् ।
Advertisement
“विश्वमै उत्कृष्ट संविधान हामीले मिलेरै बनाऔँ । समाजमा पिछडिएका वर्ग र तप्काका मानिसलाई राज्यको मुल धारमा ल्याउने कानुनी व्यवस्था गरियो । हरेक दृष्टिकोणले प्रगतिशील संविधान बन्यो,” क्षेत्र नं. १(क), दाङको लालमटियामा शुक्रबार आयोजित गठबन्धन दलको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले भने, “ तर, केपी ओलीलाई स्वीकार भएन । जनताले खुसी मनाए । तर, केपी ओलीको समूहले त्यो खुुसी देख्न सकेन । त्यसैकारण यतिबेला नेपालको संविधानमाथि तरकार झुण्डिएको छ ।”
क्षेत्र नं. १ को गठबन्धनको उमेदवारसमेत रहेका सहरी मन्त्री चौधरीले आफ्नै कारण मुलुकमा खरको छानो हटाउने राष्ट्रिय अभियान चलेको बताए । संकटको बेला नेपालका दलहरू एक ठाउँमा आउने गरेको इतिहास रहेको उनको भनाइ छ ।