राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र माओवादीसहित ठुला पार्टीहरूले मधेसी जनताको शोषण मात्रै गर्दै आएको आरोप लगाएका छन् ।
Advertisement
सप्तरीको महदेबा गाउँपालिकास्थित बलिया मठमा बिहीबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अन्य दलले मधेसलाई भोट बैंक बनाएर शोषण मात्रै गरेको बताए ।
उनले शोषित उत्पीडित जनताको हक अधिकार स्थापित गराउन आफूहरू अझै संघर्षरत रहेको बताए ।
“कांग्रेस लगायतका ठुला भनाउँदा पार्टीहरूले मधेस र मधेसी जनतालाई शोषण मात्र गर्दै आएको छन् । शोषण, दमन एवम् अत्याचारबाट मुक्ति दिलाउने जिम्मा अब जसपाको हो,” उनले भने ।