जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बागी’ उमेदवारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार जनकपुरधाममा आयोजित पाँचदलीय गठबन्धनको भेलामा उनले बागीलाई उमेदवारी निष्क्रिय गर्न आग्रह गरे ।
Advertisement
“गठबन्धनका नेताहरूबाट पनि केही कमजोरी भएको छ ।
जसका कारण कतिपय ठाउँमा बागी उमेदवार देखिएको छ,” उनले भने, “समस्यालाई सम्पूर्ण रूपमा हल गर्नैपर्छ । अन्तिमपटक सम्झाउँछौँ, नमाने कारबाही गर्नेछौँ । यो परिस्थितिमा रहन दिनु हुँदैन ।”