२०८१ मंसिर ५

योगेश भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण




काठमाडौं । निर्वाचन आयोगले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका नेकपा (एमाले)का नेता योगेश भट्टराईलाई स्पष्टीकरण सोेधेको छ । २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको हो ।



Advertisement



भट्टराईले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको सिरजङ्घा गाउँपालिका–३, सिकैचामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र त्यसलाई आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक गरेको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

उनलाई २४ घण्टाभित्र आयोग वा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको छ ।



“तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ ?,” स्पष्टीकरणपत्रमा भनिएको छ, “तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लंघन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) र (४) बमोजिम कारबाही किन हुनु नपर्ने हो ? यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ ।”

Copy link
Powered by Social Snap