काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले दलहरूले भन्दै आएको लोकतन्त्र जनताका लागि नभएको बताएका छन् ।
Advertisement
मंसिर ४ को निर्वाचन बहिष्कार गर्नुपर्ने भन्दै नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल) लगायत दलहरूले निकालेको विरोध र्यालीपछि काठमाडौंको शान्तिबाटीमा आयोजित कोणसभामा वैद्यले दलहरूले प्रतिगमनविरुद्ध लोकतन्त्र भनेपनि जनताका लागि नभएको बताएका हुन् ।
मुलुकमा पटकपटक परिवर्तन भएपनि मजदुर किसान, महिला, जनताले त्यसको महसुस गर्न नसकेको उनले बताए । वैद्यले अहिले नेताहरूका साथै व्यवस्था नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको धारणा राखे ।
प्रतिक्रियावादी पुँजीवादी संसदीय व्यवस्था खारेज गर्नुपर्ने, नयाँ जनवाद–वैज्ञानिक समाजवाद लागु गर्नुपर्ने भन्दै उनीहरूले मंसिर ४ को निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका छन् ।