२०८१ मंसिर ३

ओलीलाई मेयर बालेनको प्रश्न : सुकुम्वासीले भोगेको ३२ जाडो देख्नुभएन ?




काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सुकुम्वासी समस्याको विषयमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको धारणाबारे जवाफी प्रश्न तेर्स्याएका छन् । उनले सामाजिक सञ्जालमार्फत ओलीलाई विभिन्न प्रश्न गरेका छन् ।



Advertisement



मंगलबार एमाले केन्द्रीय कार्यालयको एक कार्यक्रममा ओलीले सुकुम्वासीमाथि राज्यले आतंक फैलाएको टिप्पणी गरेका थिए । जसको जवाफमा बालेनले ओलीलाई आफू दुईतिहाइको सरकारको प्रधानमन्त्री भएको बेलासमेत गरी ३२ जाडोमा समस्या किन नदेखेको भन्दै प्रश्न गरेका छन् ।




उनले सुकुम्वासीहरु ओलीका लागि भोटमात्रै भएको टिप्पणी गरेका छन् । बालेनले सुकुम्वासीलाई ओलीले गुठी विधेयक जस्ता आन्दोलनमासमेत प्रयोग गरेको आरोप लगाए ।

Copy link
Powered by Social Snap