२०८१ मंसिर ४

उपाध्यक्ष ज्ञवाली भन्छन्– एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्छौं 




काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने बताएका छन् । मुलुकको आवश्यकता एमाले नेतृत्वको बाम सरकार भएकाले सम्भव भएसम्म एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने उनले बताए । 



Advertisement



हिमालयन न्युज एजेन्सीसँग उपाध्यक्ष ज्ञवालीले न्यूनतम साझा कार्यक्रम बनाएर पाँच वर्ष बामपन्थीले मुलुक सञ्चालन गर्न सबै तयार हुनुपर्ने र यसले मात्रै मुलुकको संकटलाई पार लगाउने बताए । 



माओवादीलगायत न्य कम्युनिष्ट पार्टीलाई भाइ कांग्रेस नबन्न सुझाव दिँदै भाइ कांग्रेस बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने उनको तर्क छ । ज्ञवालीले विगतमा भएका तीतामिठा कुरालाई बिर्सदै एमालेसँग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीलाई आह्वान गरे । 

Copy link
Powered by Social Snap