२०८१ मंसिर ५

जिम्मेवारी ‘गर वा मर’को अवस्थामा पूरा गर्नुपर्छ : सीके राउत




काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले जनतासँग गरिएका प्रतिबद्धता इमानदारिताका साथ पूरा गर्ने बताएका छन् ।



Advertisement



शनिबार काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले जनताको साथका कारण नै आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको उल्लेख गरे । निर्वाचनमा पाएको साथ र समर्थन काम गर्दा अझै बढी आवश्यक पर्ने उनले बताए ।

राउतले आफूहरूले काम गर्न नसके देश र जनता निराशामा जाने भन्दै पाएको जिम्मेवारी ‘गर वा मर’को अवस्थामा पूरा गर्नुपर्ने धारणा राखे ।



उनले पुराना दललाई छाडेर नयाँ दललाई विश्वास गरेर सप्तरीका जनताले बहुआयामिक सन्देश दिएको तर्क गरे । उनी योपटक सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

Copy link
Powered by Social Snap