काठमाडौं । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समानुपातिक मत परिणाम आइसकेपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठनबन्धनको बैठकपछि उनले सरकार गठनका विषयमा केही दिन पर्खन आग्रह गरे ।
Advertisement
“जनअपेक्षा अनुसार केही दिनमा हामी अघि बढ्छौँ । सरकारको विषयमा केही दिन पर्खनोस् सबै स्पष्ट हुन्छ,” उनले भने, “समानुपातिक मत परिणाम आइसकेपछि प्रक्रिया अघि बढ्छ ।”
सञ्चारकर्मीहरूले आज बैठकअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डलाई फकाउन खुमलटार पुग्नुभएको हो ?’ भन्ने प्रश्नमा उनले आफू बधाई दिन मात्रै पुगेको बताए ।
“म बधाई दिन गएको हो । माधव नेपालजीलाई पनि भेटेर बधाई दिएको छु । अरू कुरा होइन,” उनले भने ।