२०८१ मंसिर ४

मनाङे भन्छन्– पदको लोभ छैन, एकीकृत समाजवादी छाडे राजनीति छाड्छु




काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (मनाङे) ले आफू पदका लागि पार्टी प्रवेश नगरेको बताएका छन् । मंगलबार एकीकृत समाजवादीको पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा गुरुङले आफू जनताको सेवाका लागि पार्टी प्रवेश गरेको भन्दै पदको कुनै लोभ नभएको बताए ।



Advertisement



अब एकीकृत समाजवादी छाडेको खण्डमा आफूले राजनीति नै नगर्ने उनको भनाइ छ । 

गुरुङले यसअघि आफ्नै कारणले गठबन्धनले सरकार बनाउन सकेको भन्दै ठूला ठूला मन्त्रालयहरूको अफर आए पनि आफूले युवा तथा खेलकुद मन्त्रालय नै रोजेको धारणा राखे । 



गुरुङलाई पार्टी कार्यालयमा समाजवादीका महासचिव बेदुराम भुसाल लगाएतले स्वागत गरेका थिए । गुरुङलाई स्वागत गर्दै भुसालले विगतलाई लिएर धेरै टीकाटिप्पणी गर्नु उचित नभएको बताए ।

Copy link
Powered by Social Snap