काठमाडौं । सर्वोच्च अदालतको फुल कोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग निष्क्रिय भएको परिस्थितिबारे छलफल भइरहेको छ ।
Advertisement
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनीलको निधन भएपश्चात् बसेको फुल कोर्ट बैठकमा प्रधानन्यायाधीश जबराले ‘क्लिन चिट’ पाएपछि विकसित परिस्थितिबारे पनि छलफल भइरहेको हो ।
संघीय संसद् सचिवालयले जबरालाई ‘क्लिन चिट’ दिएसँगै जबरा बुधबारनै सर्वोच्च अदालत जाँदैछन् । गत वर्ष फागुन १ गते उनीविरुद्ध महाअभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता भएको थियो ।