२०८१ मंसिर २

देउवालाई आफ्नै महामन्त्रीको चुनौती : संक्रमण कालमा अध्यादेश ल्याउनु गलत




काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै पार्टीका महामन्त्रीले चुनौती दिएका छन् । नयाँ सरकार गठनको बाटो सहज बनाउन जुनसुकै तहमा भएका मुद्दा पनि सरकारले फिर्ता लिन सक्नेगरी जारी गरेको अध्यादेशमा महामन्त्री विश्वप्रकाश शर्माले असहमति जनाएका हुन् । उनले संक्रमणकालमा अध्यादेश ल्याउनुले कानुनी र राजनीतिक रुपमा मात्र होइन नैतिक रुपमा पनि प्रश्न उठेको बताएका छन् ।



Advertisement




 
“सरकारमा छँदा जे सत्य, संसदमा पनि त्यहीनै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् असहमति,” शर्माले टिकापुर घटनाका दोषी रेशम चौधरीलाई माफि दिएर सरकार बनाउने गरी देउवाले जारी गरेको अध्यादेशमा विमति राख्दै भनेका छन्, “संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रुपले गलत !” 



उनले यो कानुनी र राजनीतिक मात्र नभएर नैतिक प्रश्न भएको भन्दै प्रधानमन्त्रीको ट्विटर ह्याण्डलमा मेन्सन गरेका छन् । 

“कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ,” शर्माले भनेका छन् ।

Copy link
Powered by Social Snap