काठमाडौं । सरकारले मुलुकी अपराध संहिता संशोधन गरेर ल्याउन लागेको अध्यादेशको राप्रपा नेपालले विरोध गरेको छ ।
Advertisement
प्रवक्ता बसन्तमान सिंह अधिकारीद्वारा जारी विज्ञप्तिमा “सत्ता स्वार्थका निम्ति नयाँ संसद्को बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर अपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक छ,” भनिएको छ ।
लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न पनि राप्रपा नेपालले सरकारसँग माग गरेको छ ।