२०८१ मंसिर २


समानुपातिक सूची सच्याउने समय सकिँदा पनि केही दल आयोग पुगेनन् 




काठमाडौं । निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सूचीमा रहेको त्रुटि सच्याएर ल्याउन आज अपराह्न ४ बजेसम्मको समय तोकेको थियो । तर, निर्धारित समय सकिँदा पनि आयोगमा त्रुटि देखिएका केही दल पुगेका छैनन् । 



Advertisement



नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले मात्रै सूची बुझाएका छन् । आयोग स्रोतका अनुसार नेकपा (एमाले)को पत्र पनि आयोगमा पुगेको छ ।

समानुपातिक सूचीमा त्रुटि रहेका दल जनता समाजवादी पार्टी (जसपा) र नागरिक उन्मुक्ति पार्टीको सच्याइएको सूची आयोगमा पुगेको छैन ।



दलहरूले शनिबार समानुपातिकतर्फको सूची आयोगमा बुझाएका थिए । आयोगले त्रुटि देखिएका दललाई आज अपराह्नसम्म त्रुटि सच्याएर पठाउन समय तोकेको थियो । दलहरूले बुझाएको प्रतिनिधिसभाको सूची सच्याउनुनपर्ने र प्रदेशसभाको सूचीमा भने सच्याउन पाँच दललाई आयोगले पत्र पठाएको थियो । 

दलले सच्याइएको सूची बुझाएपछि आयोगले समानुपातिक सांसदको सूची सार्वजनिक गर्नेछ ।

Copy link
Powered by Social Snap