२०८१ पुष २२

राजनीति आयुले होइन, आवश्यक्ताको सिद्धान्तले चल्छ : प्रवक्ता महत





काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यक्ताको सिद्धान्तले चल्ने बताएका छन् । 

मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उनले राजनीति आयुको सिद्धान्तबाट नभएर आवश्यक्ताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताए । 


Advertisement


महतले कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यक्ता रहेको बताए । उनले देशले खोजेको नेतृत्व कांग्रेसले प्रस्तुत गर्ने भन्दै अहिले देशले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै चाहेको बताए । उनले अन्य दलहरुसँग मिलेर सरकार बनाउनुपर्ने आवश्यक्ता भएकाले त्यो गुण, कला र अनुभव देउवासँग मात्रै रहेको बताए ।

“परिपक्व नेतृत्वको आवश्यक्ता छ । देशले खोजेको नेतृत्व हामीले प्रस्तुत गर्ने हो,” उनले भने, “कांग्रेसको मात्रै बहुमत छैन, हामीले अन्य दलहरुलाई पनि जोडेर सरकार बनाउनु छ । त्यो जोड्ने गुण उहाँ (देउवा)मा छ, उहाँ पटकपटक त्यसै हुनुभएको होइन ।”



कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री देउवा र महामन्त्री गगनकुमार थापाले उमेदवारी दर्ता गराएका छन् । 

देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन् । महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला रहेका छन् भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन् ।

Copy link
Powered by Social Snap