२०८१ मंसिर २

एमाले सरकारमा जाने पक्षमा छैन : ओली





काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको बताएका छन् । एमालेले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले सत्तामा रहेपनि, प्रतिपक्षमा रहेपनि राष्ट्र र जनताको हितमा सक्रिय र जिम्मेवार भूमिका निर्वाह गर्ने बताए । 


Advertisement


सत्तारूढ गठबन्धनले सरकार गठनका लागि अनुचित, अपवित्र र फोहोरी उद्देश्य र अभ्यास गरिरहेको भन्दै उनले एमाले त्यसविरुद्धमा रहेको बताए ।



“एमालेबाहेक अन्य दलसँग सरकार बनाएर के गर्ने भन्ने कुनै गन्तव्य नै छैन,” ओलीले भने, “देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि सत्तारूढ दलहरू सरकार बनाउने खेलमा लागि परेकाले त्यसमा आफ्नो पार्टी सामेल हुन नचाहेको हो ।” 

Copy link
Powered by Social Snap