२०८१ मंसिर ३

शिक्षा र स्वास्थ्यको बिलसहित भ्रष्टाचार छानबिन गर्न बलियो आयोग बनाउने सहमति छ : लामिछाने




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्नका लागि अधिकार सम्पन्न आयोग बनाउने साझा सहमति भएपछि आफूहरु सरकारमा सहभागि हुन लागेको बताएका छन् । 


Advertisement


सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सत्तारुढ गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विषयमा छानबिन गर्न अधिकार सम्पन्न आयोग अथवा संयन्त्र बनाउने साझा सहमति भएपछि सरकारमा सहभागि हुन लागेको बताए । उनले यस विषयमा सत्तारुढ सबै पार्टीहरु सहमत भएको उल्लेख गरे ।

त्यस्तै, शिक्षा र स्वास्थ्यको बिलमा पनि साझा प्रतिवद्धता रहेको लामिछानेले बताए । उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको अधिकार दिने, नयाँ व्यवसायीहरुका लागि विशेष कार्यक्रम ल्याउनेलगायतको विषयमा सत्तारुढ दलहरुका बीचमा साझा सहमति बनेको बताए । 



“शिक्षा र स्वास्थ्यको बिलमा साझा प्रतिवद्धता गरिसकेपछि, विदेशमा रहेका नेपालीहरुको भोटिङ राइट जुन सर्वोच्च अदालतले दिनु भनेको छ त्यसको सुनिश्चितता मात्र होइन, उहाँहरुको सामाजिक, आर्थिक र त्यहाँ काम गर्दाखेरी अलपत्र पर्दा, समस्या पर्दाखेरी त्यहाँ रेस्क्यू टिमसहितको प्रतिवद्धतासहित, नयाँ व्यवसायीहरुका लागि एउटा विशेष कार्यक्रमलगायतका विषयहरुमा हामीले साझा सहमति गर्छौँ,” उनले भने, “सात, आठ बुँदाको हाम्रो तर्फबाट हुन्छ ।”

सभापति लामिछानेले आफ्नो दाबी गृह मन्त्रालयसहित उपप्रधानमन्त्रीमा रहेको स्पष्ट पारे ।

Copy link
Powered by Social Snap