२०८१ मंसिर ३

‘कांग्रेसजस्तो लचिलो पार्टीलाई मिलाउन नसक्ने प्रचण्डले ७ दललाई कसरी मिलाउँछन् ?’





काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत लिन नै कठिन हुने दाबी गरेका छन् ।


Advertisement


कांग्रेसजस्तो लचिलो पार्टीलाई मिलाएर जान नसक्ने प्रचण्डले सातवटा राजनीतिक पार्टीहरूलाई मिलाएर विश्वासको मत लिन कठिन हुने उनको दाबी छ । 

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले ३० दिन भित्र विश्वास मत लिन सके प्रचण्ड नेतृत्वको सरकार दुई वर्षसम्म चल्ने अनुमानसमेत गरे ।



“अब उहाँसँगको सिट संख्याले अहिले त १६९ पुगेको छ । तर त्यो १६९ को आधारहरू हेर्ने हो भने सातवटा दल छन् । सातवटा दलको दाबी त बाहिर आएकै छैन । त्यो दाबी सुन्नै पाएका छैनौँ । भर्खरै सुनेँ– राष्ट्रिय प्रजातन्त्र पार्टीले हाम्रा पनि केही सर्तहरू छन । ती सर्त पूरा हुने लक्षण देखिएमात्रै सरकारमा जान्छौँ । उहाँहरूको राजा आऊ, देश बचाऊ होला । त्यसैले ३० दिन भित्रको विश्वासको मतसम्म यो सरकार कसरी पुग्छ ? त्यसैले ३० दिन कट्यो भने सरकार राम्ररी २ वर्ष जान्छ,” उनले भने ।

Copy link
Powered by Social Snap