२०८१ पुष १०

लुम्बिनीमा राप्रपाको संसदीय दलको नेतामा चौधरी चयन


राप्रपा लुम्बिनीको संसदीय दलको नेतामा चयन भएका आशिषकुमार चौधरी ।


बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा आशिषकुमार चौधरीलाई चयन गरेको छ । शुक्रबार संसदीय दलको बैठकले रूपन्देही १ (१) बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले जानकारी दिए ।


Advertisement


सचेतकमा बाँकेकी मीनाकुमार श्रेष्ठ चयन भएकी छन् ।
लुम्बिनीमा राप्रपाका प्रत्यक्षबाट दुई र समानुपातिकबाट दुई गरी ४ सांसद छन् ।



लुम्बिनीमा प्रमुख दलहरू नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतले दलको नेता चयन गर्न बाँकी छ ।


प्रदेश सभाको अधिवेशन यही पुस १८ गतदेखि दाङको भालुवाङमा सुरु हुँदै छ ।

Copy link
Powered by Social Snap