


आम जनता पार्टीले मधेस प्रदेशका आठवटै जिल्लाको नेतृत्व चयन गरेको छ।
पार्टीका अध्यक्ष प्रभु साहले आइतबार मधेश प्रदेशका आठ जिल्लाका संयोजक, सचिव र इन्चार्ज तोकेका हुन्।
प्रचार प्रसार विभाग प्रमुख चन्द्रभुषण साहका अनुसार पर्सा संयोजकमा कदम रशुल, बारामा उमेश कुशवाहा, रौतहटमा ध्रमेन्द्र पटेल र सर्लाहीमा तुलसीप्रसाद हुमागाइ चयन भएका छन्।
Advertisement


महोत्तरीमा विजय साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा उदय साह र सप्तरीमा शिवकुमार महरालाई जिम्मेवारी तोकिएको छ।
यस्तै पर्सामा विश्वराज पटेल, बारामा राजकिशोर साह, रौतहटमा पलट चौधरी, सर्लाहीमा नविन साह, महोत्तरीमा प्रमोद महतो, धनुषामा बलदेव साह, सिराहामा धर्मेन्द्र महरा र सप्तरीमा सुनिल राज दास सचिव चयन भएका हुन्।

त्यसैगरी इन्चार्जको रूपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह अमर, सर्लाहीमा रिता देवी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिराहामा बिल्टु यादव र सप्तरीमा आरडी आजाद चयन भएका हुन्।







