२०८१ मंसिर ४

एमाले लुम्बिनीको नेतामा गिरी




लुम्बिनी प्रदेशसभामा नेकपा एमाले संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन्।


Advertisement


एमाले पोलिटव्युरो सदस्य तथा प्रदेश सह-इन्चार्ज समेत रहेका गिरीलाई एमाले संसदीय दलको नेतामा चयन गरिएको एमालेले जनाएको छ।

गिरी लुम्बिनी प्रदेशसभामा निर्वाचित एमालेका सांसदहरू मध्ये पार्टीभित्र सबैभन्दा सिनियर नेता हुन्। रूपन्देही क्षेत्र नं.२ क बाट प्रदेशसभा सदस्यमा निर्वाचित गिरी यसअघि पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।



गिरी शंकर पोखरेल मुख्यमन्त्री हुँदा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री समेत रहेका थिए।


यसअघि गिरीसँगै अर्घाखाँचीका चेतनारायण आचार्य, रूपन्देहीका भोजप्रसाद श्रेष्ठ, भुमिश्वर ढकाल तथा कपिलवस्तुका विष्णु पन्थीले संसदीय दलको नेताका लागि पहल गर्दै आएका थिए।

Copy link
Powered by Social Snap