संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डेको सचिवमा बढुवा भएको छ।
Advertisement
बुधबार बसेको संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। पाण्डे सचिवालयका प्रवक्तासमेत थिए।
ध्रुव घिमिरेले राजीनामा दिएपछि संसद सचिवालयमा एउटा सचिव रिक्त थियो।
उनले बिहीबार सचिवको जिम्मेवारी सम्हाल्ने छन्।