२०८१ पुष ७

स्ववियु चुनावको कार्यतालिका ल्याउनुअघि २ वटा काम गर्न त्रिविलाई नेविसंघको आग्रह




स्ववियु चुनावको कार्यतालिका जारी गर्नुभन्दा अगाडि २ वटा काम गर्न नेविसंघले त्रिवि उपकुलपतिलाई आग्रह गरेको छ।


Advertisement


नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बिहीबार त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटालाई स्ववियु चुनावको वातावरण बनाउनका लागि २ काम गर्न आग्रह गरेका हुन्।



‘स्ववियु चुनावको कार्यतालिका ल्याउनुअघि स्नातक तहका परीक्षा लिइएका सबैको परीक्षाफल प्रकाशित गरिनुपर्छ। र स्ववियु चुनावबाट कोही विद्यार्थी संगठन पनि बाहिर नजाओस् भन्नका लागि सबै संगठनका प्रमुखहरूलाई बोलाएर माइन्युट गर्नुपर्छ भन्ने सुझाव उपकुलपतिलाई दिएको छु,’ अध्यक्ष शेर्पाले भने।

त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले स्ववियु चुनाव चैत ५ गते गर्न प्रस्ताव गरेको छ। यो मिति त्रिवि कार्यकारी परिषदबाट अनुमोदन भने हुन बाँकी छ।

Copy link