राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट वैदेशिक रोजगार व्यवसायीको काठमाडौंमा भएको भेलाबाट राष्ट्रिय प्रजातान्त्रिक वैदेशिक रोजगार व्यवसायी संघ गठन गरेको छ।
Advertisement
भिष्मराज अधिकारीको अध्यक्षतामा संघ गठन भएको हो।
संघको सचिवमा अरूणकुमार सिंह महतो रहेका छन्।
सदस्यमा प्रदीप कार्की, लोकनाथ रिमाल, डिल्लीराम भुर्तेल, महेन्द्र पालुङ्गा, सूर्यकुमार श्रेष्ठ, डिल्लीप्रसाद सुवेदी, नवराज गिरी र रमेश आचार्य रहेका छन्।
निकट भविष्यमा बृहत भेला गरेर संघको विस्तार गरिने राप्रपाका सम्पर्क समाज विभागका प्रमुख गोपाल दाहालले बताए।