२०८१ मंसिर ४

पूर्वसचिव आचार्यको दाबी– नेपालमा कानुनमै रहेर भ्रष्टाचार गर्न सकिन्छ




काठमाडौं । नेपाल सरकारका पूर्वसचिव रामकुमार आचार्यले नेपालमा भ्रष्टाचार हुनुका मुख्य कारणमध्ये भ्रष्टचारमैत्री कानुन पनि रहेको तर्क गरेका छन् । शुक्रबार आफैँले लेखेको ‘नेपालमा भ्रष्टाचार : कारण र निवारण’ नामक किताबको विमोचन कार्यक्रममा पूर्वसचिव आचार्यले नेपालमा कानुनमै रहेर भ्रष्टाचार गर्न सकिने अवस्था रहेको बताएका हुन् ।


Advertisement


“भ्रष्टाचार कानुन छलेर गरिने अपराध हो । तर नेपालमा केही यस्ता पनि प्रचलित कानुनहरू छन्, जसको प्रयोग गरेर कानुनबमोजिम नै भ्रष्टाचार गर्न मिल्छ,” उनले भने ।
भ्रष्टाचारजन्य कार्यलाई कानुनले अपराधको रूपमा परिभाषित नगर्दा भ्रष्टाचार गरेपनि सजिलै पन्छिन सकिने अवस्था रहेको उनको दाबी छ ।

उनले भ्रष्टाचार छानबिनका लागि बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नै भ्रष्टाचारमा सामेल भएको दृष्टान्त दिँदै आयोगको विश्वसनीयतामा पनि प्रश्न उठाएका छन् ।




आचार्यले कर्मचारीमा गुणस्तरको कमी, स्वायत्त निकायहरूमा राजनीतिकरण, महँगो निर्वाचन प्रणाली, भ्रष्ट राजनीतिक दल र नेतृत्व आदि कारणलाई भ्रष्टाचारको मुख्य कारणका रूपमा औँल्याएका छन् ।

किताबमा उनले चार वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहँदाका अनुभवलाई समेटेका छन् । किताबमा भ्रष्टाचारको निवारणमा संसद्, कर्मचारी संयन्त्र, राजनीतिक दल, राजनीतिक नेतृत्व तथा आमजनताले खेल्नुपर्ने भूमिकाबारे लेखिएको छ ।

Copy link
Powered by Social Snap