२०८१ मंसिर ४

गृहमन्त्री रवि लामिछानेलाई तीन प्रश्न





काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नतिजा नआउन्जेल प्रश्नहरू आइरहने बताएका छन् । मन्त्रालयको कार्यसम्पादनका विषयमा गरिएको प्रश्नमा उनले रिजल्टका लागि आफूले काम गरिरहेको बताए ।


Advertisement


शनिबार उपसभामुखको निर्वाचन पछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट बाहिरिने क्रममा उनले कामको सुरुआत गरिसकेको उल्लेख गरे । नतिजा छिट्टै आउने उनको भनाइ थियो ।



सञ्चारकर्मीले सोधेका तीन प्रश्न–
तपाईंको मन्त्रालयको कामका विषयमा प्रश्न उठेको छ नि ?
– सुरुवात गरिसकेका छौँ, नतिजा आइहाल्छ । नतिजा नआउन्जेल प्रश्नहरू आइरहन्छ । एक मात्र होइन, अरू पनि छन् । हामीले रिजल्टका लागि काम गरेका छौँ । 

हिजो चार उपप्रधानमन्त्री म्यारिज खेल्न बनाएको भन्नुहुन्थ्यो, आज तपाईंको पालामा त्यस्तै भयो !
– उपप्रधानमन्त्री हटाउने भए मेरोबाट हटाउँदा भयो । राज्यलाइ भार पर्दैन ।

सांसद लक्ष्मी कोइरीलाई कहिले पक्रनुहुन्छ ?
पक्रेको दिन पत्रकार सम्मेलन गरेर तपाईंलाई बोलाउँला ।

Copy link
Powered by Social Snap