कुनै ब्यक्तिले आर्जन गरेको पैसा उपभोग, बचत,लगानी ,दान वा सामाजिक कामहरुमा खर्च गर्छ । बैंक तथा वितिय संस्थाहरुको कारोबारको प्रमुख र एक मात्र स्रोत र साधन बचत नै रहेकोले जनतासङ्ग उपभोग कम गरेर भए पनि बैंकले हामिसङ्ग बचत गरौ भनी आह्वान गर्दछ ।
यसकोलागी आकर्षक ब्याज , बचतको सुरक्षण ( रु ५ लाख सम्म्को बचतको बिमा हुने) मागेको बखत तुरुन्त वा मुद्द्ती निक्षेपमा सम्झौता बमोजिम फिर्ता हुने , आवश्यकताको बेला मुद्द्ती निक्षेप धितो राखी ऋण पाउने आदि सुविधा दिएको हुन्छ ।कथमकदाचित बैंक लिक्विडेशनमा गएमा पनि बैंकको सम्पती बिक्रीबाट आएको रकममा बचतकर्ताको अग्राधिकार रहने कानुनी व्यवस्था छ ।यी सब कारणहरुले जनताले निर्धक्कसङ्ग बैंकमा बचत गरेको पाइन्छ ।
Advertisement
आवश्यकता र मागको आधारमा बैंकले जनताबाट संकलन गरेको बचत रकम नै कृषक, उद्योगि,व्यापारी, सेवामुलक तथा व्यक्तिलाई निश्चित अवधिको लागि सम्झौता बमोजिम ऋण दिन्छ । बैंकले जुनसुकै बेला ( भुक्तानी अवधी अघि वा भाखा अघि )ऋणिसङ्ग ऋण फिर्ता माग्न सक्तैन । तर किस्ताको भुक्तानी अवधीमा किस्ता रकम र कर्जाको भाखा भित्र सम्पुर्ण कर्जा चुक्ता नभएमा बैंक अप्ठ्यारोमा पर्दछ ।
बचत फिर्ता गर्ने उसको क्षमता कमजोर हुन्छ र नयाँ कर्जा प्रवाह गर्न बैंक असक्षम हुन थाल्छ ।बैंकको खराब कर्जा बढ्दै जाँदा उसको तरलता घटदै जान्छ । यो अवस्था धेरै समय विधमान रहिरहेमा बचतकर्ताहरु बैंकमा आफ्नो बचत फिर्ता माग गर्न पुग्छन ।बचतकर्ताले बैंकबाट आफ्नो बचत फिर्ता नपाउने अवस्था तब आउँछ जब ऋणिले समयमा ऋण रकम तिर्दैन।
बचतकर्तालाई बचत रकम फिर्ता गर्न नसकेको अवस्थामा बैंकले भाखा नघाएका कर्जा असुलीमा जोड दिने , केन्द्रीय बैंकसङ्ग छोटो अवधीको लागि ऋण माग गर्ने वा आफ्नो असल कर्जा अन्य बैंकलाई बिक्री गर्ने आदि संकटकालिन उपायहरु अपनाएर भए पनि बचत फिर्ता गर्ने गरेको पाइन्छ । त्यसैले, बैंकको ऋण असुली नभएमा ऋण सम्झौता बमोजिम कर्जा असुली गर्न बैंक बाध्य हुने गरेको पाइन्छ । एक व्यक्तिबाट सापटी ( निक्षेप ) लिइ अर्को व्यक्तिलाई सापटी ( ऋण ) दिएको रकम मिनहा वा माफी दिने अवस्था देखिदैन ।
बचतकर्ता र ऋणि दुई पक्ष बिच लेनदेनको संझौता गर्ने बैंक एक मध्यस्तकर्ता हो ।
Direct from the Facebook profile of Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari Sudarshan Adhikari.