२०८१ पुष ९

कांग्रेस निकट दलित संघ भंग, तदर्थ समिति गठनको अधिकार सभापतिलाई




काठमाडौँ — नेपाली कांग्रेसले भ्रातृ संघ नेपाल दलित संघको केन्द्रीय समिति भंग गरेको छ । तत्कालीन सभापति मीन विश्वकर्माले समयमा अधिवेशन गर्न नसकेपछि १० वर्षसम्म संघको अध्यक्षका रुपमा काम गरे । गत वर्ष अधिवेशन गर्ने गरी शम्भू हजारा पासवानको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन भए पनि त्यसले महाधिवेशन भने गर्न सकेन । 


Advertisement


महाधिवेशनको तयारी अन्तिम भएका बेला तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले सभापतिको चाहना भन्दै महाधिवेशन रोक्न लगाएका थिए । त्यसबेला स्थगित भएको महाधिवेशन अहिलेसम्म हुन सकेको छैन । कांग्रेसले अन्य भ्रातृ संस्थाहरुलाई जस्तै दलित संघलाई पनि विघटन गरेर अब तदर्थ समिति ल्याउने भएको हो ।



यसअघि नेविसंघ, तरुण दल र महिला संघसहित अन्य भ्रातृ संस्थाहरुसमेत महाधिवेशन गर्न नसकेपछि विघटित भएर तदर्थ समिति गठन भइसकेका छन् ।

बुधबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले आगामी १५ भदौभित्र पार्टीमा आवश्यक परामर्श गरी तदर्थ समिति गठन गर्न सभापति देउवालाई जिम्मेवारी दिएको छ ।

Copy link
Powered by Social Snap