काठमाडौं । संयुक्त राष्ट्र संघीय महिलाविरुद्ध भेदभाव उन्मूलन गर्ने समिति (सिड)मा बन्दना राणाले तेस्रो कार्यकालका लागि उमेदवारी दिने भएकी छन् ।
Advertisement
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सिडको तेस्रो कार्यकालका लागि उमेदवारी दिन स्वीकृति दिने निर्णय गरेको हो ।
सन् २०२५ देखि २०२८ सम्मका लागि नेपालको तर्फबाट सिडमा राणाले उमेदवारी दिने छिन् ।
राणा यसअघि दुईपटक लगातार सिडमा निर्वाचित भइसकेकी छन् । उनको दोस्रो कार्यकाल सन् २०२४ सम्म रहेको छ ।
राष्ट्रसंघका सदस्यमध्ये १८६ राष्ट्रले सिडलाई अनुमोदन गरेका छन् ।