![](https://www.symnetwork.com/wp-content/uploads/2022/06/FINAL-GENALPHA-GIF.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/08/thumb-14.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
काठमाडौँ — भाइरल ‘कन्जंक्टिभाइटिस’ अर्थात् आँखा पाक्ने रोगको संक्रमण ‘इन्टेरो भाइरस’ को संक्रमणबाट भएको पाइएकाे छ । आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी परीक्षण गर्दा उक्त्त भाइरस पुष्टि भएकाे हाे ।
Advertisement
साउन २२ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० वटा आँखा पाक्ने रोगको लक्षण भएका व्यक्तिहरुबाट नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उक्त नमुनाहरुलाई परीक्षण गर्दा ८० प्रतिशत नमुनाहरुमा इन्टेरो भाइरस देखिएको हो ।
विभिन्न समयमा संक्रमणको रुपमा फैलिने यो रोग भाइरस संक्रमणले हुन्छ जसमा ८० प्रतिशत ‘एडिनो भाइरस’ को कारणले हुने गर्दछ । त्यसबाहेक केही भाइरल कन्जंक्टिभाइटिसको संक्रमण इन्टेरो भाइरस तथा हरपिस भाइरसहरुले पनि गराउने तथ्यहरुले देखाएका छन् ।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले देशभर फैलिएको आँखा पाक्ने रोगको मुख्य कारण पत्ता लगाउनका लागि नेपाल अफ्थालमिक सोसाईटी तथा नेपाल नेत्र ज्योति संघसँग सहकार्य गरेर सातैवटा प्रदेशबाट थप नमुनाहरु संकलन गरेर परीक्षण गर्ने योजना रहेको जानकारी गराए ।
याे राेगको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ । याे राेग सबै उमेर समूहमा देखिएकाे छ ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)