![](https://www.symnetwork.com/wp-content/uploads/2022/06/FINAL-GENALPHA-GIF.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/08/Duranda-Cup1692016867-1024x538.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
काठमाडौं । नेपालको त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी दुरान्द कपको दोस्रो खेलमा इन्डियन सुपर लिग (आईएसएल) खेल्ने चेन्नाईयन फुटबल क्लबसँग ३–० ले पराजित भएको छ ।
Advertisement
सोमबार भारतको कोक्राझारस्थित साई सेन्टर रंगशालामा सम्पन्न खेलमा चेन्नाईयनलाई सहज जित दिलाउन फारुख चौधरी, रहिम अली र मोहम्मद रफिकले गोल गरे ।
खेलको २२औँ मिनेटमा फारुख चौधरीले गरेको गोलबाट चेन्नाईयनले अग्रता बनाएको थियो । ४०औँ मिनेटमा रहिम अलीले टोलीको अग्रता दोब्बर बनाए । यही गोलमा चेन्नाईयनले पहिलो हाफमा आर्मीविरुद्ध २–० को अग्रता बनाएको थियो ।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
यस्तै, ८३औँ मिनेटमा मोहम्मद रफिकले गोल गर्दै चेन्नाईयनको अग्रतालाई ३–० मा पुर्याएका थिए । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा चेन्नाईयनले सहज जित निश्चित गर्यो ।
आर्मीविरुद्धको जितसँगै दुई खेलबाट ६ अंक जोडेको चेन्नाईयन एफसी समूह ‘ई’बाट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चेन्नाईयनले पहिलो खेलमा हैदराबाद फुटबल क्लबलाई ३–१ ले पराजित गरेको थियो । समान खेल खेलेका आर्मी भने एक अंकसहित तालिकाको पुछारमा छ । आर्मीले यसअघि पहिलो खेलमा दिल्ली फुटबल क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।
आर्मीले अब २२ अगस्टमा हैदराबादविरुद्ध समूह चरणको अन्तिम खेल खेल्ने छ ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)