काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादव पहिलो विदेश भ्रमणको रुपमा चीन प्रस्थान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको गृहकार्य चलिरहँदा उपराष्ट्रपति यादवको नेतृत्वमा एक टोली त्यसतर्फ गएको हो ।
Advertisement
मन्त्रिपरिषद् बैठकले उपराष्ट्रपति यादवको चीन भ्रमण गत बुधबार स्वीकृत गरेको थियो । उपराष्ट्रपति यादवको भ्रमण साउन २९ देखि भदौ ४ सम्म एक साताको हुनेछ ।
उपराष्ट्रपति यादव चीनको कुनमिङमा आयोजना हुने सातौं चीन–दक्षिण एसिया एक्स्पो तथा २७ औं चीन आयात–निर्यात एस्क्पोमा सहभागी हुनेछन् । उनको टोलीमा शिक्षामन्त्री अशोक राई, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत अधिकारीहरू सहभागी छन् ।