पहिलोपटक लिग्स कपको फाइनलमा प्रवेश
![](https://www.symnetwork.com/wp-content/uploads/2022/06/FINAL-GENALPHA-GIF.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2023/08/inter-11692158686-1024x590.png)
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/KFC-ad.gif)
काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीले लगातार छैटौँ खेलमा गोल गरेपछि अमेरिकी मेजर लिग सकर (एमएलएस)को क्लब इन्टर मियामी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको सेमिफाइनलमा फिलाडेल्फियाविरुद्ध ४–१ को सहज जित निकाल्दै मियामी क्लब इतिहासमा पहिलोपटक लिग्स कपको फाइनलमा प्रवेश गरेको हो ।
Advertisement
इन्टर मियामीको जितमा जोसेफ मार्टिनेज, लियोनल मेसी, जोर्डी अल्बा र डेविड रुइजले गोल गरे । खेलको तेस्रो मिनेटमा नै मार्टिनेजले गरेको गोलबाट मियामीले अग्रता बनाएको थियो । २०औँ मिनेटमा कप्तान मेसीको गोलबाट मियामीले अग्रता दोब्बर बनाएको थियो । मैदानको मध्य भागबाट बल अघि बढाएका मेसीले १८ यार्ड बक्सभन्दा बाहिरबाट गरेको लामो प्रहार गोल भएको थियो ।
पहिलो हाफको इन्जुरी समयमा अल्बाले गोल गरेपछि मियामीले ३–० को सहज अग्रता बनाएको थियो ।
![](https://www.symnetwork.com/wp-content/uploads/2024/01/wai-wai-ad.gif)
फिलाडेफियाका लागि ७३औँ मिनेटमा एलेजान्ड्रो बेडियाले गोल गर्दै मियामीको अग्रतालाई ३–१ मा झारेका थिए । तर, खेलको निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा रुइजले गोल गरेपछि मियामीले ४–१ को जितसहित फाइनल यात्रा तय गर्यो ।
जितसँगै मियामी पहिलोपटक उत्तर अमेरिकी शीर्ष क्लब प्रतियोगिता कोन्काकाफ च्याम्पियन्स लिगमा छनोट भएको छ । गएको समर ट्रान्सफर विन्डोमा मेसीलाई भित्र्याययता मियामीले शतप्रतिशत जित निकालेको छ ।
मियामीले अब उपाधिका लागि नास्भिलेसँग खेल्नेछ ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-63.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-59.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-61.gif)